उपेन्द्र यादवको दल विभाजनविरुद्धको रिटमा आज सुनुवाइ, न्यायाधीश फुयाँल र श्रेष्ठको इजालमा पेशी

उपेन्द्र यादवको दल विभाजनविरुद्धको रिटमा आज सुनुवाइ, न्यायाधीश फुयाँल र श्रेष्ठको इजालमा पेशी

काठमाडौं : जनता समाजवादी नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजालसमा रिटको पेशी तोकिएको छ।

यसअघि जेठ २२ गते न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा रिटमाथि सुनुवाइका लागि पेशी तोकिए पनि 'हेर्न नभ्याइने'मा राखिएको थियो। जसपा नेपाल फुटाएर गएका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो।

यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए। निर्वाचन आयोगले सो दललाई वैशाख २४ गते दर्ता गरेको थियो। 

तर,यादवले जसपा नेपाल छोडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नू गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए।

यसैगरी यादवले आफ्नो दल छाडेर गएका सातजना सांसदलाई कामकाजमा रोक लगाउन माग गर्दै अर्को रिट दिएका थिए। दुवै रिटलाई एकसाथ राखेर जेठ १४ सुनुवाइका लागि पेशी तोकिए पनि उक्त दिन हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

रिटमाथिको पहिलो सुनुवाइमा सर्वोच्चले यादवको पक्षमा अल्पकालीन आदेश  जारी गरेको थियो।  तर , जसपा नेपालबाट फुटेर दर्ता भएको राई नेतृत्वको जसपाका सातजना सांसदलाई प्रधानमन्त्री 'प्रचण्ड' लाई विश्वासको मत दिनबाट रोक्न यादव सर्वोच्च पुगेपनि सातैजना सांसदले विश्वासको मत दिएका थिए।

राई नेतृत्वको जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ। जसपाबाट  प्रदीप यादव स्वास्थ्य मन्त्री,नवलकिशोर  साह सुडी वनमन्त्री र हसिना खान राज्यमन्त्री छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.