मधेश प्रदेशमा मन्त्रिमण्डल विस्तार : को को बने मन्त्री ? (सूचीसहित)

मधेश प्रदेशमा मन्त्रिमण्डल विस्तार : को को बने मन्त्री ? (सूचीसहित)
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम  : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद विस्तार गरेका छन्। जसमा सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय,भरतप्रसाद साह अर्थमन्त्रालय,गोविन्दबहादुर न्यौपाने भूमि, व्यवस्था कृषि तथा सहकारी , युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्रालय,शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,बेची लुङ्गेली उर्जा सिंचाई तथा खानेपानी मन्त्रालय ,प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्रालय, विमला अन्सारी गृह , सञ्चार तथा कानुन मन्त्रालय र उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रालय मन्त्री बनेका हुन्।

यसैगरी राज्यमन्त्रीहरूमा केशव राय स्वास्थ्य,शारदा देवी थापा शिक्षा र रञ्जुकुमारी मण्डल खङ्‍ग विनाविभागी मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। 

मधेशममा जनता समाजवादी पार्टी (जसपा)को सरकार ढलेपछि वर्तमान सत्तागढबन्धनले जनमत पार्टीका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जनमतका सिंह आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री बनेलगत्तै उनले मन्त्रिमण्डललाई पूर्णता दिएका छन्।

null

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.