छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
सांकेतिक तस्बिर।

विराटनगर  : मोरङको कानेपोखरीमा दुर्घटनामा परेर र खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा कारले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ३३६६ नम्बरको कारले बिहीबार राति ९: ४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । 

गम्भीर घाइते अवस्थाका पुरुषलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्कले मृत घोषित गरेका हुन् । मृतक अन्दाजी ४५/५० वर्षीय पुरुषको पहिचान खुलेको छैन । 

शवलाई सोही अस्पतालमा राखेर मृतकको सनाखतको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात फेला परेन भने कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । कार र चालक झापाको मेचीनगर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय विजयकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कानेपोखरी–७ स्थित सुकुना खोलामा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । कानेपोखरी–७ का ५५ वर्षीय देवीबहादुर शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको पुलमुनि पानीमा डुबिरहेको अवस्थामा बिहीबार साँझ ६:३० बजेतिर शिवकोटीलाई फेला पारिएको डीएसपी बस्नेतले बताए । 

उनका अनुसार घाइते अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा साँझ ७ :४० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । शवलाई सोही अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.