'औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नुपर्छ'

'औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नुपर्छ'

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको र एक महिनाभित्रै नियमावली ल्याउने बताए। 

नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए। यसअघिका विभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय रहेको उनको भनाइ छ। 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिकरूपमा अघि बढाउनका लागि नै गाँजाको औषधि र औद्योगिक प्रयोजनका लागि उत्पादनमा जोड दिइएको जानकारी दिए। अप्रत्यक्षरूपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने तर यसका कारण हुने विकृतिलाई भने ध्यान दिइनुपर्ने उनको भनाइ छ। 

बैठकमा समिति सदस्यहरूले व्यवस्थितरूपमा गाँजा उत्पादनलाई खुला गर्न सके मुलुकको आर्थिक अवस्थालाई पनि सहयोग पुग्ने धारणा राखेका थिए। यसका कारण हुनसक्ने नकारात्मक अवस्थालाई नियन्त्रण गर्न राज्यले आवश्यक कानुन बनाउनुपर्ने उनीहरूको सुझाव छ। 

गाँजा खेती औषधि प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा विक्री वितरणलगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.