मधेशमा आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउँछौं : नवनियुक्त अर्थमन्त्री साह

मधेशमा आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउँछौं : नवनियुक्त अर्थमन्त्री साह

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बजेट निर्माण कार्य व्यवस्था बनाउन र बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकतासँग जोडेर अघि बढ्ने बताएका छन्। 

मन्त्री साहले कार्यभार सम्हाल्दै समग्र प्रदेशको समृद्धिमा कृषि, सिँचाइ, मल र समग्र योगदान पुर्‍याउन तोकिएकै समयभित्र अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बताए।

उनले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समयभित्र मधेश प्रदेशले बजेट तथा कार्यक्रममा गरिबी निवारण, उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउने बताए। 

मन्त्री साहले भने, ‘वित्तीय संघीयता सफल कार्यान्वयनका लागि प्रदेशको आयमा बढोत्तरी गर्न प्रदेशको सन्तुलित विकास र समसामयिक विकासलाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुन्छ। नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभूति पाउने गरी प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिनेछु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.