मधेशको हरेक निर्वाचन क्षेत्रमा पुल
जनकपुरधाम : मधेश प्रदेश नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रदेश गौरवको आयोजनमा मन्त्रालय केन्द्रित हुने बताएका छन्।
शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले मधेशको हरेक निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण गर्ने मधेश विकासको गौरव योजना सञ्चालनको पहिलो निर्णय गरेका छन्।
नेकपा(एमाले) संसदीय दलका नेता समेत रहेका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले ससाना भन्दा पनि गौरवको आयोजनातर्फ मन्त्रालय केन्द्रित हुने जनाएको छ।
साथै मन्त्री यादवले मन्त्रालय मातहतका सचिव लगायत सबै कर्मचारीहरूलाई विकास निर्माणको कामलाई द्रुत गतिमा सञ्चालन गर्न तथा आगामी आर्थिक वर्षको कार्यक्रममा जनतालाई प्रत्यक्ष लाभ पुग्ने ठोस कार्यक्रम प्रस्ताव गर्न निर्देशन समेत दिएका छन्। मधेश सरकारमा एमालेको नेतृत्व समेत गरिरहेका मन्त्री यादव यस अघि पनि यही मन्त्रालयमा मन्त्री थिए।