श्रमाधान मेलाले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने छ : श्रममन्त्री अर्याल

श्रमाधान मेलाले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने छ : श्रममन्त्री अर्याल

वीरेन्द्रनगर : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताएका छन्। शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन गर्दै यस्तो बताएका हुन्। 

उनले मेलाले रोजगारदाता र श्रमिकबीच मध्यस्थकर्ताको भूमिका खेल्ने भन्दै यसको उपयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरे। मेलामा मन्त्री अर्यालले कर्णाली प्रदेश आफैंमा समृद्धि भएको बताए। 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाता बीच सेतुका रुपमा मेलाको आयोजना गरेर संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयले कर्णालीको बेरोजगारी समस्या हल गर्ने कार्यमा सहयोग गरेको बताए। मेलाले सरोकारवालालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने र समृद्ध कर्णालीको सपनालाई पुरा गर्न प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई थप सहयोग पुग्ने बताए। 

मेलामा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गाबहादुर राउतले कर्णालीका ग्रामीण स्तरमा रहेका श्रमिकहरूसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा श्रमिकको सीपको मूल्यांकन नभएको बताए। मेलामा सरकारी तथा निजी क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.