नेपालको गठबन्धन राजनीतिमा प्रचण्डले बेइमानी गरे : कांग्रेस नेता निधि

नेपालको गठबन्धन राजनीतिमा प्रचण्डले बेइमानी गरे : कांग्रेस नेता निधि

वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालको गठबन्धन राजनीतिमा प्रचण्डले बेइमानी गरेको बताएका छन्। आफ्नो पूर्व निर्धारित राजनीतिक कार्यक्रम अनुसार कर्णाली भ्रमणमा आएका नेता निधिले सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। 

उनले भने, ‘२०७९ सालको निर्वाचन नै गठबन्धनबाट लडियो। यो निर्वाचनभन्दा अगाडि गठबन्धन गर्नुको स्वार्थ आगामी ५ वर्षसम्मकै लागि भएको सहमति हो। तर त्यो टिक्न सकेन। गठबन्धन दलमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। बीचमा गठबन्धन भाँडेर प्रचण्डले गठबन्धनको राजनीतिमा बेइमानी गर्नुभयो। प्रचण्डले कांग्रेसको महासमिति बैठकमा आएको राजनीतिक प्रस्तावमाथि प्रश्न उठाउनु भयो। त्यो त पार्टीको आन्तरिक कुरा हो। प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पुगेपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दा कांग्रेस र माओवादी बीचमा असमझदारी भएको पनि अर्को पाटो हो। यतिकै कारणले गठबन्धन परिवर्तन गर्न जरुरी थिएन।’ 

उनले अहिले सरकारमा विभिन्न आरोप लागेका व्यक्तिहरू रहेकाले नेपाली समाजमा राजनीति प्रति थप वितृष्णा जागृत गराएको बताए। उनले भने, ‘सरकारका गृहमन्त्रीमाथि नै सहकारी ठगीको आरोप लागेर छानबिन समिति बनेको छ। अर्का तर्फ पासपोर्ट केसमा अदालतमा मुद्दा दर्ता भई सुनुवाइ भइरहेको छ। यसबाट पनि सरकारले नागरिकलाई सुशासनको अनुभूति कसरी दिलाउन सक्छ ? लोकतन्त्रमा संसदको ठूलो दलले सरकारको नेतृत्व लिन्छ। तर नेपालमा संसदको तेस्रो ठूलो दलले सरकारको नेतृत्व गरिरहेको छ। सरकारले जनजीविकाका सवालमा प्रभावकारी काम पनि गर्न सकेको छैन।’ 

उनले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारे तत्कालीन समयमा निर्णय लिनु आवश्यक रहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.