देववृक्षहरूको धार्मिक महत्त्व

देववृक्षहरूको धार्मिक महत्त्व

धार्मिक ग्रन्थअनुसार देववृक्ष मानिएका बर, पीपल, पाखर, नीम, अमला, गुल्लर र शमीको रूख निकै महत्त्वपूर्ण छन्। हिन्दु धार्मिक ग्रन्थका अनुसार भगवान् कृष्णले ‘समस्त वृक्षहरूमा म पीपलको वृक्ष हुँ’ भनेका छन्। स्कन्ध पुराणमा वर्णन गरिएअनुसार अश्रत्थ (पीपल) को जरामा विष्णु, हाँगामा केशव, शाखाहरूमा नारायण, पातहरूमा श्रीहरि र फलमा सबै देउताहरूको बास हुन्छ।

शास्त्रहरूमा वर्णन गरिएअनुसार पीपलको सविधि पूजा अर्चना गर्नाले सम्पूर्ण देवताहरू स्वयं पूजित हुन्छन्। पीपलको रूख रोप्ने व्यक्तिको वंश परम्परा कहिले विनाश हुँदैन। प्रसिद्ध ग्रन्थ व्रतराजमा अश्रत्थोपासनामा पीपल वृक्षको महिमा उल्लेख गरिएको छ। त्यसैगरी अथर्ववेदको उपवेद आयुर्वेदमा पीपलको रूखको औषधीय गुणका साथै थुप्रै रोगहरूमा यसको उपयोगका विषयमा वर्णन गरिएको छ। 

पीपलको रूखमुनि मन्त्र, जप, ध्यान र सबै प्रकारको संस्कारलाई शुभ मानिएको छ। त्यसैले पनि होला गौतमबुद्धले पीपलकै रूखमुनि आफ्नो साधना गरेका थिए। श्रीमद्भागवत्मा वर्णन गरिएको छ कि द्वापर युगमा परमधाम् जानु पूर्व योगेश्वर श्रीकृष्णले यसै वृक्षको मुनि बसेर ध्यान गरेका थिए। 

पीपलजस्तै अर्को देववृक्ष हो बर। यसलाई एक दीर्घजीवी विशाल वृक्ष पनि भनिन्छ। हिन्दु परम्परामा यो पूज्य वृक्ष हो। हामीले आफ्ना बाजेबज्यैबाट सुन्दै आएका छौं कि बरको रूखमा भगवान्को बास हुन्छ। बौद्ध धर्ममा पनि बरको रूखलाई निकै महत्त्वपूर्ण वृक्षका रूपमा वर्णन गरिएको छ। धार्मिक मान्यताअनुसार बरको रूखमा पूजा गर्नाले र यसमा जल चढाउनाले पुण्य प्राप्ति हुन्छ। यो रूख त्रिमूर्तिको प्रतीक पनि हो। यसको छालामा विष्णु, जरामा ब्रह्मा र शाखाहरूमा शिवको बास हुने धार्मिक मान्यता छ। जसरी पीपललाई भगवान् विष्णुको प्रतीक मानिन्छ, त्यसैगरी बरलाई शिवको प्रतीक मानिन्छ। यो प्रकृतिको सिर्जनाको प्रतीक पनि हो। निकै लामो समयसम्म जीवित रहने हुनाले बरको रूखलाई ‘अक्षयवृक्ष’ पनि भनिन्छ। 

अर्को देववृक्ष पाखर मानव शरीरका साथै पर्यावरणको लागि पनि औषधप्य गुणयुक्त रूख हो। यसमा वर्षौंसम्म जीवित रहने र जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता हुन्छ। महर्षि पतञ्जलिले पाकडको रूखलाई औषधिको रूपमा वर्णन गरेका छन्। देववृक्षकै रूपमा रहेको छ गुल्लरको रूख। यस रूखको सम्बन्ध शुक्र ग्रहसँग छ। यस रूखमा नियमित रूपमा जल अर्पण गर्नाले ग्रहदशा सुध्रिने र धनलाभ हुने जनविश्वास छ। 

शमीको रूखले शुद्ध हावा दिनुका साथै सौभाग्य र समृद्धिलाई आकर्षित गर्ने क्षमता पनि राख्छ। यसले नकारात्मक ऊर्जालाई टाढा राख्छ भने सुख, शान्ति र धनको प्राप्ति पनि गराउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.