अन्नपूर्ण मिडिया नेटवर्कको उत्साहजनक ईभी र्‍याली

र्‍यालीमा  १५५ विद्युतीय सवारी

अन्नपूर्ण मिडिया नेटवर्कको उत्साहजनक ईभी र्‍याली

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले तेस्रो संस्करणको विद्युतीय सवारी र्‍याली (ईभी र्‍याली) सम्पन्न गरेको छ। विश्व वातावरण दिवस–२०२४ को स्मरणमा शनिबार राजधानीको भृकुटीमण्डपबाट ईभी र्‍यालीको आयोजना गरिएको हो। 

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, धोबीघाट, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर हुँदै जमलबाट फेरि भृकुटीमण्डप पुगेर सम्पन्न भएको थियो। उक्त स्थानमा गरिएको र्‍याली करिब २२ किलोमटिर लम्बाइको थियो। ‘हेल द पोलुसन फाइटर्स’ नारासहित आयोजित एएमएन ईभी र्‍यालीमा करिब १ सय ५५ जना विद्युतीय सवारी ल्याएकाको सहभागिता थियो। जसमा ७० वटा चारपांग्रे र ८५ वटा दुईपांग्रे विद्युतीय सवारी लिएर चालक सहभागी भएका थिए। सहभागीले निःशुल्क रजिस्ट्रेसन गरेका थिए।

विगत ३ वर्षदेखि गर्दै आएको यो र्‍यालीले दिगो यातायात र प्रदूषणविरुद्ध लड्न समुदायलाई एकजुट गरी सामूहिक प्रतिबद्धताको लक्ष्य राखेर आयोजना गरिँदै आएको छ। कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले र्‍यालीमा सहभागीलाई स्वागत मन्तव्य व्यक्त गर्दै ईभी र्‍याली आयोजना गरेर सकारात्मक चेत विकास गर्नुलाई आफ्नो कर्तव्य मानेको बताए। उनले वातावरणमैत्री काम गर्न सबैलाई आग्रह गरे। जीउनका लागि अत्यावश्यक अनुकूल वातावरणको पृष्ठपोषण गर्ने उद्देश्य राखेको उनको भनाइ छ। अध्यक्ष क्याप्टेन थापा भन्छन्, ‘बर्सेनि बाक्लिँदै गएको प्रदूषण नियन्त्रणमा पहल गरिरहेका हुन्छौं। 

यसैको स्वरूप हामीले हरेक वर्ष साइकल र्‍याली पनि गर्छौं। साइकल र्‍याली र यो ईभी र्‍याली पोलुसन फाइटर हुन्। स्वच्छ वातावरणलाई कायम राख्न जोड दिँदै वार्षिक तालिकामा राखेका हौं। यस्तो र्‍याली निरन्तर गरेको यो तेस्रो वर्ष हो। यो जमघट, उत्साहले सबैमा वातावरणप्रति चिन्तित हुनु राम्रो सन्देश हो।’ माउन्ट एभरेस्टको मुलुक भएकाले पर्यावरणको पहिलो प्रश्न उठ्न सक्ने बताउँदै थापाले थपे, ‘अरूले गरेको प्रदूषणमा हामी जवाफदेही पनि हुनु परिरहेको छ। अरूले गरेको प्रदूषणको भार बोकिरहनु परेको छ। यसैले हाम्रो तर्फबाट प्रदूषण नियन्त्रणका लागि प्रयास गर्न उनले अनुरोध गरे। यसैक्रममा उनले अन्नपूर्ण मिडिया नेटवर्कले सधैं जनताको समृद्धिलाई ख्यालमा राखेर जनताको चासोकाबारे सधैं सतर्क रहेको बताए। व्यक्तिगत लाभभन्दा पनि मुलुकमा सुशासन कायम गर्न र समृद्धिका लागि पहल गर्ने पक्षमा सधैं अडिग रहेको उनको भनाइ छ। 

ईभी र्‍यालीलाई उत्साहजन रूपमा सफल बनाउनमा २२ स्पोन्सर कम्पनीको साथ रहेको छ। जसअन्तर्गत सिमेक्स नेपालको विवाईडी र ब्रिटिस एजुकेसन ग्रुपको द वेस्टमिनिस्टर कलेज  एसोसिएट कम्पनी छन्।  पावर्ड वाई ३ कम्पनीमा ग्लोबल आईएमई बैंक, ईको इन्फिनीटिको एनआईयू र जी मोटर्स प्रालिको स्काई वेल छन्। यस्तै, ७ वटा सर्पोर्टेड कम्पनीहरूमा वृद्धि अटोकर्प प्रालिको दीपाल, डब्लूडब्लूएफ नेपाल, वैद्य इनर्जी प्रालिको एथर, सांग्रिला मोटर्स प्रालिको सिट्रोन, सिप्रदी ट्रेडिङ टिएगो डट ईभी, प्याङ्कवाईक र जेनियस आईबी वल्ड स्कुल छन्। यससँगै, क्लाइमेट जस्टिक पार्टनरमा सेभ द चिल्ड्रेन, इन्स्योरेन्स पार्टनरमा ओरियन्टल इन्स्योरेन्स,  इन्टरनेट पार्टनरमा सुबिसु, शैक्षिक पार्टनरमा नामी कलेज, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, मोविलिटी पार्टनरमा टुटल, हस्पिटालिटी पार्टनरमा दुसित प्रिन्सेस काठमाडौं, वेभरेज पार्टनरमा बोटलर्स नेपालको कोकाकोला,  रिफ्रेसिङ पार्टनरमा फ्रुट एग्रो प्रोडक्ट र फुड पार्टनरमा प्याराडाइज गार्डेन रेस्टुरेन्ट छन्। 

कार्यक्रम आयोजित स्थलमा स्पोन्सर कम्पनी र यसबाहेक ८ कम्पनीसहित  करिब ३० कम्पनीहरूले स्टल राखेका थिए। यससँगै, नेपाल प्रहरीमार्फत नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई रोचक बनाउन म्युजिक कन्सर्ट, नटराज कलाकुञ्जबाट धिमे नृत्य र लाखे प्रदर्शन गरिएको थियो। र्‍यालीबाट फर्किए लगत्तै ईभी (इलेक्ट्रोनिक भेहिकल)सँग सम्बन्धित क्विज प्रतियोगिता राखिएको थियो ‘र्‍याप सो’मा नौ विद्युतीय सवारी कार्यक्रममा विभिन्न ९ कम्पनीका विद्युतीय सवारी (ईभी)को ‘र्‍याम्प सो’ गरिएको छ।  जसमा ईको इन्फिनिटी प्रालिको एनआईयू–एनक्यूआईजीटिएस, जि मोटर्स प्रालिको स्काईवेल ईटी५, वृद्धि अटोकर्प प्रालिको चाङ्गन दिपाल एस०७, वैद्य इनर्जीको एथर ४५०एस, सिप्रदी ट्रेडिङ प्रालीको टियागो डट ईभी, सांग्रिला मोटर्स प्रालिको सिट्रोन ईसी३ साइन प्रदर्शन गरिएको थियो। यसैगरी, सांग्रिला मोटर्सकै ओमोडा ई५ लङ्ग रेञ्ज भेइकल, सिमेक्स नेपालको विवाईडी अटो थ्री र विवाईडी डल्फिन विद्युतीय सवारीको प्रदर्शन गरियो। 

‘लक्की ड्र’ बाट ११ जनाभन्दा बढीलाई उपहार, पहिलो पुरस्कार विजेता नागेश श्रेष्ठले हात पारे एथर ४५० एसईभी र्‍यालीमा सहभागीमध्ये लक्की–ड्रबाट ११ जनाभन्दा बढीलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। जसमा प्रथम पुरस्कार एथरको ईभी स्कुटर टुटलका नागेश श्रेष्ठले हात पार्न सफल भएका छन्। सो एथरका प्रतिनिधि तमिम उद्दिनले श्रेष्ठलाई स्कुटर हस्तान्तरण गरेका हुन्। एथर ४५० एस शनिबार स्टलबाट लञ्चसमेत गरिएको छ। यो नेपालमै पहिलोपटक लञ्च गरिएको एथर ४५० एस ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ईभी स्कुटर हो। 

यसैगरी दोस्रो पुरस्कार प्याङ्कवाइकको तर्फबाट इलेक्ट्रिक वाइक खगेन्द्रराज अवस्थीले प्राप्त गरे। यस्तै, तेस्रो पुरस्कार ईको इम्फिनीटिले ५० हजारको डिस्काउन्ट भौचर प्रदान गरेको छ। यससँगै, ओरियन्टल इन्स्योरेन्सको तर्फबाट ३ जनालाई ९ लाखको व्यक्तिगत दुर्घटना बिमालेख प्रदान गरेको छ। लक्की ड्रमार्फत र्‍यालीमा सहभागीमध्ये ३ जनालाई क्रमशः १ लाख, ३ लाख र ५ लाखको व्यक्तिगत दुर्घटना बिमालेख प्रदान गरिएको छ। 

यसैगरी, लक्की ड्रमा पर्नेहरूलाई  सेग्वेको स्मार्ट वाच, टुटलको २० हजार बराबर एसर डेस्कटप, दुसित प्रिन्सेस होटलबाट एक जोडीलाई १० हजार रुपैयाँको भौचर प्रदान गरिएको छ। यससँगै, अन्य पुरस्कृतलाई दिपाल, स्काइवेल, द वेस्ट मिनिस्टर कलेज, ईकोसाथी, सेभ द चिल्डेन लगायतको तर्फबाट उपहारहरू प्रदान गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.