सामसङको पावरफुल ग्यालेक्सी एम ३५ नेपालमा सार्वजनिक

सामसङको पावरफुल ग्यालेक्सी एम ३५ नेपालमा सार्वजनिक

काठमाडौं : सामसङले नेपालमा ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक गरेको छ। यसमा धेरै समय ब्याट्री टिक्ने र विविध सुविधा राखिएको कम्पनीले जनाएको छ। 

यसमा प्रभावशाली 6,000mAh ब्याट्री ले extended usage समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ताहरू र फोन चलाउँदै हिंड्नेहरूका लागि उपयुक्त छ। स्मार्टफोनले 25W Fast चार्जिङ सपोर्ट गर्छ। फास्ट पावर-अपहरूका लागि यो निःशुल्क 25W चार्जरको साथ आउँछ।

ग्यालेक्सी एम ३५, पावरफुल Exynos 1380 प्रोसेसरबाट सञ्चालित छ। यसमा 8GB को RAM छ र 256GB इन्टरनल स्टोरेज माइक्रोएसडी स्लट मार्फत विस्तार गर्न सकिन्छ। वान युआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने ग्यालेक्सी एम ३५ ले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिन्छ। सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने वाचा गर्छ। जसले गर्दा यो मोबाइल अप-टु-डेट र सुरक्षित रहन्छ।

ग्यालेक्सी एम ३५ फाइभजी गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा उपलब्ध छ। 8+256GB भेरियन्टको मूल्य रु. ४४,९९९ निर्धारण गरिएको छ। यो डिभाइस अब देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध छ। साथै, तपाईंले इन्स्टा फाइनान्स सेवा मार्फत सजिलैसँग यो फोन प्राप्त गर्ने छन्। 

जुन देशभरका ५ सयभन्दा बढी अधिकृत सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छ। यो सेवाले तपाईंलाई सहज प्रोसेसमै शून्य प्रतिशत ब्याजमा झन्झटरहित ईएमआई सेवाहरू प्रदन गर्दछ। जसले गर्दा एक घण्टाभित्र तपाईंको नागरिकताको साथमा नयाँ ग्यालेक्सी एम ३५ फाइभजी प्राप्त गर्न सकिनेछ। अब प्रयोगकर्ताहरूले अर्कोस्टोर र सबको फोन द्वारा उपलब्ध गराएको एक्सचेन्ज सुविधा मार्फत आफ्ना पुराना फोनहरू साटरे यो डिभाइस पनि लिन सक्ने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.