दिल्ली पुगे प्रधानमन्त्री दाहाल

दिल्ली पुगे प्रधानमन्त्री दाहाल
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका थिए।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

दुई दिने औपचारिक भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद  दाहाल,उपप्रधान एवं भौतिक मन्त्री रघुवीर महासेठ,उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए। 

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ। 

गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो।  त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए। 

प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ। 
एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथग्रहण गर्न लागेका हुन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.