कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेपछि महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

महासेठले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नेछन्। जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुबीर महासेठज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.