मधेशको वनमन्त्रीमा त्रिभुवन साह नियुक्त
जनकपुरधाम : मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री सतिष सिंहले जनमत पार्टीका त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिष सिंहले मन्त्रिपरिषद् आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै साहलाई वनमन्त्री र मियाँलाई राज्यमन्त्री नियुक्त गरेको हो।
वनमन्त्री साह र मियाँलाई प्रदेश प्रमुख प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले शपथ ग्रहण गराएका हुन्। साह सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए। साह सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यससँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ।