भारतका राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

भारतका राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।

प्रधानमन्त्रीका सचिवालयका अनुसार भेटमा राष्ट्रपति मुर्मु र प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए। सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो। 

सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरेका थिए। आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्ड आइतबार त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रचण्ड नयाँ दिल्ली प्रस्थान गरेपछि रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.