सेयर बजारमा ८ अंकको सुधार, कारोबार रकम ५ अर्ब ४९ माथि

सेयर बजारमा ८ अंकको सुधार, कारोबार रकम  ५ अर्ब ४९ माथि

काठमाडौं :  नेप्से परिसूचक करिब ९ अंकले बढेको छ।  सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से  परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा अडिएको हो।  सेन्सेटिभ इण्डेक्स  ०.२३ प्रतिशतले बढेर ३६९.०५ विन्दुमा कायमा भएको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेको थियो। सामान्य अंकले बढेको सेयर बजारमा  कारोबार रकम आइतबारको तुलनामा बढेको छ। यसदिन ३१४ स्क्रिप्सको  १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड  ६ लाख ९ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ५ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज तीनवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी, त्रिशुली जलविद्युत कम्पनी र पिपुल्स पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मोलुङ हाइड्रोपावरको सेयर ९.४९ र  सुपर माइ हाइड्रोपावरको ८.९९ प्रतिशतले बढ्यो।

जानकी फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर  ८.६७ प्रतिशतले घट्यो।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।सो कम्पनीको ४१ करोड ८७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

माउन्टेन इनर्जी नेपालको २४ करोड,जानकी फाइनान्सको १६ करोड,सीईडीसी हाइड्रोपावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।कारोबारमा आएका १७६ स्टकको मूल्य बढ्दा ६१ वटाको ओरालो लाग्यो। सात समूहको उपसूचक सकारात्मक देखिदा ८ वटा समूहको उपसूचक नकारात्मक देखिएका  छन्।

हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले बढ्यो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.