गण्डकी प्रदेसभा बैठक : मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेसभा बैठक : मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी : गण्डकी प्रदेशसभाको बैठक सुरू भएको छ। बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्। 

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्छ। तर,अहिले पाण्डेसँग २७ मत मात्रै रहेको छ। बहुमतका लागि पाण्डेलाई राप्रपा २, स्वतन्त्र  १ र नेपाल समाजवादी पार्टीका एक सांसदको मत आवश्यक पर्छ।

राप्रपाले भने बहुमत पुग्ने अवस्था रहे मात्रै मत दिने निर्णय गरेको छ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक),राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.