विराटनगरमा ट्यांकर र म्याजिक ठोकिँएर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

विराटनगरमा ट्यांकर र म्याजिक ठोकिँएर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

विराटनगर : विराटनगरमा सोमबार दिउँसो पेट्रोलको ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। 

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा दिउँसो ३ बजेतिर दुर्घटना हुँदा म्याजिकका चालकको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक पश्चिमबाट पूर्वतर्फ आएर दक्षिणतर्फ मोडिँदै गरेको ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोकिँएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार दुर्घटनामा म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको छ। गम्भीर घाइते भएका साहको उपचारका क्रममा गोल्डेन अस्पतालमा दिउँसो ४:४५ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए। 

दुर्घटनामा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका–२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन्। मध्यम अवस्थाका घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइते म्याजिकमा सवार थिए। 

दुर्घटनापछि फरार बनेका ट्यांकर चालक सप्तरीको हनुमाननगर घर भएका ३६ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार अनुसन्धानपछि दुर्घटनाको थप विषय पत्ता लाग्ने छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.