अछामको बयलपाटा अस्पताललाई विशेष अनुदानको व्यवस्था गर्न कांग्रेस सांसदको माग

अछामको बयलपाटा अस्पताललाई विशेष अनुदानको व्यवस्था गर्न कांग्रेस सांसदको माग

काठमाडौं : नेपाली कांग्रेस सांसद बद्री प्रसाद पाण्डेले आर्थिक संकट झेलिरहेको अछामको बयलपाटा अस्पताल बन्द हुने स्थितिमा पुगेको भन्दै विशेष अनुदानको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता पाण्डेले तत्काल कम्तिमा १० करोडको बजेट व्यवस्था गर्न आग्रह गरेका हुन्।

'हिजोमात्रै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ। स्वास्थ्यमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ। उहाँको जवाफले मात्रै नपुग्ने भएपछि अर्थमन्त्री, प्रधानमन्त्री र सिंगो सरकारलाई यही आर्थिक वर्षमा कम्तिमा ९/१० करोड  विशेष अनुदानको व्यवस्था गरेर बयलपाटा अस्पताललाई सूचारु गर्न अगाडि बढाउन र दूर्गम क्षेत्रका नागरिकले प्राप्त गर्दै आएको सेवासुविधालाई निरन्तरता दिन यो अस्पताललाई आगामी दिनमा पनि सञ्चालन गर्नका लागि वातावरण बनाउन सरकारसँग जोडदार माग गर्न चाहन्छु,'उनले भने।

सांसद पाण्डेले सो अस्पतालमा चिकित्सकसहित कर्मचारीहरूले तलबसमेत नपाएको उल्लेख गर्दै सरकारले चालु आर्थिक वर्ष असार भित्रै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.