जसपा नेपालको राजनीतिक प्रतिवेदन

ठूला शक्तिको नेपालमा चासो बढ्दै जानु स्वाभाविक, चीन र भारतबीच कार्ड खेल्नु कच्चा कुटनीति : उपेन्द्र यादव

ठूला शक्तिको नेपालमा चासो बढ्दै जानु स्वाभाविक, चीन र भारतबीच कार्ड खेल्नु कच्चा कुटनीति : उपेन्द्र यादव

‘नयाँ विश्व परिस्थितिलाई हामीले अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्दछ। दुई छिमेकी मुलुकबीच एकअर्काविरूद्ध कार्ड खेल्ने कच्चा कुटनीतिक अब उपरान्त प्रतिउत्पादक हुन्छ।’

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र चीनसँग नेपालले एकअर्काविरूद्ध कार्ड खेल्नु कच्चा कुटनीतिक हुने टिप्पणी गरेका छन्। जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा दुई छिमेकी मुलुकबीच एकअर्काविरूद्ध कार्ड खेल्ने कच्चा कुटनीतिक अब उपरान्त प्रतिउत्पादक हुने उल्लेख छ।

 नेपालमा भारत, चीन, युरोपियन युनियन र अमेरिकी शक्ति सम्बन्धबीच नेपालले दिगो शान्ति स्थायित्वको लागि गतिशील तटस्थता र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उनको तर्क छ।  प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा भारत, चीन, युरोपियन युनियन र अमेरिकी शक्ति सम्बन्धबीच नेपालले दिगो शान्ति स्थायित्वको लागि गतिशील तटस्थता र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्दछ। यो नयाँ विश्व परिस्थितिलाई हामीले अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्दछ। दुई छिमेकी मुलुकबीच एकअर्काविरूद्ध कार्ड खेल्ने कच्चा कुटनीतिक अब उपरान्त प्रतिउत्पादक हुन्छ।’

नेपाल भौगोलिक रूपमा भारतद्वारा घेरिएकाले सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक एवम् अन्धविश्वास सम्बन्धहरूको जालोले बाँधिएका प्रतिवेदनमा उल्लेख छ। अमेरिका, युरोपियन युनीयन, भारत र चीनलगायतका ठूला शक्तिहरूको चासो नेपालमा बढ्दै जानु स्वाभाविक भएको यादवको ठहर छ। 

‘नेपालको भू–राजनीतिक विशिष्टता विश्वको पहिलो र दोस्रो आर्थिक शक्ति एकातिर अमेरिका र चीनबीच विश्वव्यापी प्रतिष्पर्धा र व्यापारिक तनाव र अर्कोतिर भारतको अन्तर्राष्ट्रिय शक्तिको रूपमा क्रमिक उदयले नेपालको भू– राजनीतिक अवस्थिति विशिष्ट बन्दै गएको छ। अमेरिका, युरोपियन युनीयन, भारत र चीनलगायतका ठूला शक्तिहरूको चासो नेपालमा बढ्दै जानु स्वाभाविक छ। ’ प्रतिवेदनमा भनिएको छ ‘हामी भौगोलिक रूपले तीन तिरबाट भारतद्वारा घेरिएका छौं। हामी सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक एवम् अन्धविश्वास सम्बन्धहरूको जालोले बाँधिएका पनि छौं। कतिपय विश्लेषकहरूले एक्काइसौं शताब्दीलाई ‘एशिया पुनर्उदयको शताब्दी’ हुने बताउँछन्। एसियाको पुनर्उदय भनेको चीन र भारतको भिन्ना–भिन्नै उदय मात्र नभई दुवै देशको भूमिका एकसाथ बढाउनु हो। चीन र भारतबीचको प्रतिष्पर्धा र सहकार्यको सम्बन्धमा बाँधिन बाध्य हुन्छन्।’

यादवले विश्व राजनीतिमा स्वतन्त्र, सार्वभौम अविच्छिन्न राष्ट्रको रूपमा नेपालले आफ्नो लामो ऐतिहासिक यात्रा पूरा गरेकोमा गर्व गर्नुपर्ने बताएका छन्। ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, अखण्डता, राष्ट्रिय पहिचान, विकास र वैश्विक मञ्चमा दरिलो उपस्थितिका आधार नै नेपालले अवलम्बन गरेको/गर्ने विदेश नीति र त्यस अनुरूपको अन्तर्राष्ट्रिय सम्बन्ध हुन् भन्ने तथ्यमा हाम्रो पार्टी विश्वस्त रहेको छ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘नेपालले राष्ट्रिय सुरक्षा, अखण्डता, स्वाधीनता र स्वतन्त्रता, सार्वभौमसत्ता, सीमाना, पर्यावरणको सुरक्षा, नागरिकहरूको आर्थिक विकास तथा सामाजिक, साँस्कृतिक मूल्य र मान्यताहरूको जगेर्नालाई सर्वोपिरी राखी राष्ट्रियहितको आधारमा सवै मित्रराष्ट्रहरूसँग सु–सम्बध कायम गर्दै शान्ति, स्थिरता आर्थिक विकासको रूपान्तरण र समृद्धिको दिशामा अघि बढ्न द्विपक्षीयवा बहुपक्षीय सम्बन्ध विस्तार गर्नुपर्दछ। अतः राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्नु नै नेपालको विदेश नीतिको प्रमुख लक्ष्य हुनुपर्दछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.