विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग
जोमसोम : सैनिक श्रीमती संघले मुस्ताङको जनहित माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ। संघले २३ प्रकारका सामग्री प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरेको हो।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोम अवस्थित जनहित माध्यमिक विद्यालयलाई सैनिक श्रीमती संघको पदाधिकारी टोलीले मंगलबार उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
जोमसोम स्थित नारायण दल गणको समन्वयमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा र सचिव शोभाना पौडेल लगायत संघका पदाधिकारी तथा सदस्यहरुले मुस्ताङको जनहित माध्यमिक विद्यालयमा पुगेरै उक्त खेलकुद तथा शैक्षिक सामग्रीसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
संघले खाद्यान्नतर्फ चामल, मैदा, चना, भटमास, राजमा र केराउ गरी ६ थरीको खाद्यान्न सहयोग भएको जनाइएको छ।