महाधिवेशन नजिकिँदै गर्दा एसनिकट युवा संघको विवाद उत्कर्षमा, एकले अर्कोलाई कारबाही

महाधिवेशन नजिकिँदै गर्दा एसनिकट युवा संघको विवाद उत्कर्षमा, एकले अर्कोलाई कारबाही

काठमाडौं : नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा भातृसंगठन युवा संघ नेपालको विवाद  उत्कर्षमा पुगेको छ। युवा संघ नेपालमा महाधिवेशनमा नजिकिएसँगै एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल निकटबीच युवा संघका पदाधिकारीबीच विवाद हुँदा जनवर्गीय संगठन विभाजन भएको हो। 

महाधिवेशनको नजिक पार्टीमा पनि विवाद चलिरहेको चर्चाका बीच युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्मा र सहसंयोजक नितेश पौडेलले छुट्टाछुट्टै गतिविधि सञ्चालन गरेका छन्। विकले निर्धारित समयमा अधिवेशन गर्न नसकेको भन्दै पौडेल पक्षले केहि दिन अगाडि समानान्तर संगठन घोषणा गरेका थिए। 

सोही विषयलाई लिए। युवा संघ नेपालका संयोजक विश्वकर्माले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अराजक गतिविधि गर्नेलाई संगठनभित्र रहने छुट नभएको बताए। युवा संघ नेपालले संगठन विधि विधान अनुसार सञ्चालन हुने भन्दै समानान्तर भेला लगाएतका अराजक गतिविधि गर्ने छुट कसैलाई नरहेको उनको भनाई छ।

युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले विधि विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि गरेकाले नै सहसंयोजक नितेश पौडेल, सदस्यद्वय रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको बताए। संयोजक विश्वकर्माले संगठन भित्रको असन्तुष्टीलाई सम्बोधन गर्न आफुले पटक पटक छलफल बोलाएपनि नआएको उनको दाबी छ।

उनले सम्पूर्ण ध्यान महाधिवेशनमा रहेको भन्दै संगठनलाई थप मजबुद बनाएर अघि बढाउने जिकिर गरे। यता पौडेल पक्षले संयोजक विकले यस अगाडि  नै कारबाही गरेको घोषणा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.