पार्टीभित्र कुनै वैचारिक मतभेद छैन, महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुन्छ : पाण्डे

पार्टीभित्र कुनै वैचारिक मतभेद छैन, महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुन्छ : पाण्डे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताएका हुन्।

उनले महाधिवेशन पूर्णरुपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहोर्‍याउन वा नयाँलाई नेतृत्व दिनसक्ने धारणा राखे । पार्टीलाई उपयुक्त हुने पात्रलाई नेतृत्वमा राख्न महाधिवेशनले उपयुक्त निर्णय गर्ने उनको भनाइ छ । पाण्डेले महाधिवेशन प्रतिनिधि जोसुकैले पनि आफू अध्यक्ष वा कुनै पदको उम्मेदवार भन्न पाउने धारणा राखे।

उपाध्यक्ष पाण्डेले राजदूत परिवर्तन गर्ने विषय नितान्त सरकारको विषय भएकाले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.