नेपाल–भारतको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटियो दुई पुरुषको शव

नेपाल–भारतको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटियो दुई पुरुषको शव

वीरगन्ज : भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ।

जगरनाथपुर गाउँपालिका-१ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपालतर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो। 

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१-५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० वर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। 

मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो। 

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए। गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए। उनले भने,‘दुवै शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। त्यसका लागि प्रहरीले प्रयास गरिरहेको छ।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.