विश्वकपको दोस्रो खेल श्रीलंकासँग खेल्दै नेपाल, वर्षाले टसमा ढिलाई

विश्वकपको दोस्रो खेल श्रीलंकासँग खेल्दै नेपाल, वर्षाले टसमा ढिलाई
फाइल तस्बिर।

काठमाडौं : आईसीसी पुरुष टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने खेल बर्षाले प्रभावित भएको छ। केही समय अगाडि वर्षा रोकिएकाले मैदान निरीक्षण हुँदैछ।

नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजेदेखि सुरु हुने भएपनि हालसम्म टस हुन नसकेको क्यानले जनाएको छ। टस ५:४५ सम्म हुँदा ओभर नघटाइ खेल हुनेछ। त्यसपछि भने ओभर घट्न सुरु हुनेछ। बर्षाले खेल रद्द भएको खण्डमा १/१ अंक बाँडिने छ। null

टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग नेपाल पहिलो पटक आमनेसामने हुन लागेको हो। नेपालले टेस्ट राष्ट्र श्रीलंकालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ। 

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ। नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब  छ। विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ। 

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। यता श्रीलंकाको दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले  पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.