चीनमा अमेरिकीमाथि छुरा प्रहार, ह्वाइट हाउसद्वारा चिन्ता व्यक्त
वासिङटन डिसी : उत्तरपूर्वी चीनमा चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।
'चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ', ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेखेका छन्, 'हाम्रो टोलीद्वा यी अमेरिकी नागरिक, उनीहरूका आफन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानून प्रवर्तन गर्न कदमहरू चालिएका छन् ।'