नामिबियाविरुद्ध अस्ट्रेलियाको शानदार जीत, पावरप्लेमै भेट्टायो लक्ष्य
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले पराजित गरेको छ।
वेष्टइन्डिजको नर्थ साउण्डमा आज बिहान भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले १ विकेटको क्षतिमा ५.४ ओभरमा पूरा गरेको हो। समूह बी रहेको अष्ट्रेलिया लगातार तेस्रो जित हात पारेर सुपर आठमा पुगेको छ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले ट्रभिस हेडले १७ बलमा ३४ रन, डेभिड वार्नरले ८ बलमा २० रन र मिचेल मार्स ९ बलमा १८ रनको योगदान गरे। वार्नरले ८ बलमा एक छक्का र तीन चौका प्रहार गरे। नामिबियाका लागि डेभिड विसले एक विकेट लिएका हुन्।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरमा सबै विकैट गुमाएर ७२ रन बनाएको थियो। नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
अष्ट्रेलियाका लागि एडम जाम्पा सर्वाधिक ४ विकेट, मर्कस स्टोनिस र जोश हेजलवुडले २/२, प्याट किमिन्स र नाथन एसिसले १/१ विकेट लिएका थिए।