मोरङमा हात्तीको छावा मृत फेला

मोरङमा हात्तीको छावा मृत फेला

विराटनगर : मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र छावा मृत फेला परेको हो। 

भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीय र जनप्रतिनिधिले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए। सब डिभिजन वन कार्यालय लाटीझोडा एवं सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली अहिले घटनास्थल पुगिसकेको छ। 

लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले वन कर्मचारी र प्रहरीको संयुक्त टोली घटनास्थललाई सुरक्षित राखेको जानकारी दिए। उनका अनुसार अन्दाजी ६/७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको हो। छावाको मृत्यु हुनुको कारण खुल्न बाँकी रहेको पन्तले बताए। 

यद्यपि, सुँडको छेउमा सामान्य चोट देखिएको छ। शरीरका अन्य भागमा अरु चोटपटक नदेखिएको पन्तको भनाइ छ। उनका अनुसार हात्तीको छावा कसरी व्यक्तिको नम्बरी जग्गाभित्रको केराघारीमा पुग्यो भन्ने यकिन भइसकेको छैन। घटनाको जानकारी कोशी टप्पु वन्यजन्तु आरक्षलाई गराइएको उनले बताए। 

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न आरक्षको टोली अहिले घटनास्थलतर्फ जाँदै छ। टोलीले छावाको पोस्टमार्टम गरेर अनुसन्धानको प्रक्रिया अघि बढाउने छ। पोस्टमार्टम र थप अनुसन्धानबाट मात्रै मृत्युको कारण यकिन हुने वन अधिकृत पन्तले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.