अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर
तस्बिर : बीबीसी।

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा तीनवटै आरोपमा दोषी ठहर गरिएको छ।

१२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको निष्कर्ष निकाले।

हन्टर बाइडेन दोषी ठहरिएको अपराधका लागि उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्छ। तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन।

यस परीक्षणमा एक हप्तासम्म प्रत्यक्षदर्शीहरूबाट गवाही सुनेपछि, जूरीले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषध दुर्व्यसनको बारेमा पनि छलफल गर्यो।

हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन्। उनी विरुद्ध झुटा बयान दिएको र एउटा अवैध रुपमा बन्दुक राखेको  आरोप छ।

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यो उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो।

मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित भइन्।

मुद्दा कभर गर्ने पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएको थिएन। फैसला सुनाउने बित्तिकै पत्रकारहरु यो खबर लिएर अदालतबाहिर दौडिएका थिए।

हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका छन्।

अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ।

उनी दोषी ठहर भएका तीनवटा आरोपमा अधिकतम तीस वर्षको सजाय तोकिन सक्छ। विज्ञहरूले बाइडेनलाई जेल पठाएमा उनलाई छोटो अवधिको लागि मात्र पठाइने जनाएका छन्।

अमेरिकामा बन्दुक किन्दा झूटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ।

त्यसैगरी लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए।

हन्टर बाइडेनले पनि कोकिनको लतको बारेमा खुलेर बोलेका छन्। अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ।

हन्टर बाइडेनले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.