' कर्णाली पुलको मर्मत तत्काल गरियोस्, खच्चडका मालिकलाई क्षतिपुर्ति दिइयोस् '

' कर्णाली पुलको मर्मत तत्काल गरियोस्, खच्चडका मालिकलाई क्षतिपुर्ति दिइयोस् '

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद सीता कुमारी रानाले कर्णाली पुल मर्मतका लागि सरकारसँग माग गरेकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएपछि तत्काल मर्मतका लागि माग गरेकी हुन्।

आइतबार अछामबाट दैलेख जाँदै गरेका १३ वटा खच्चड लठ्ठा चुँडिदा पुलमा फसेका थिए। पुलमा फसेका १३ खच्चडमध्ये उद्दारका क्रममा २ वटा मरेका थिए। पुलबाट नदीमा खसालेर खच्चडको उद्दार गरिएको थियो।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको छ। 

पु्लको आवागमन बन्द गरिएपछि दैलेख र अछामका विद्यार्थीहरू पढाइबाट बञ्चित भएको बताउँदै रानाले पुल मर्मतको कार्य तत्काल अघि बढाउन सरकारसँग माग गरेकी हुन्।  उनले खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताइन्।

'पुलको लठ्ठा चुडिँदा कोल्टिएका खच्चडलाई हेर्दा जो कसैको हृदय रोएको छ। अवोध पशुहरुको मृत्युले मन रोएको छ।  हाल कर्णाली माथिको झोलुंगे पुलमा आवातजावत बन्द गरिएको छ।  दैलेख आठबीस नगरपालिका ४ र अछाम ९ जोडिएको यो पुल प्रयोगमा रोक लगाएपछि झन्डै १०० जना विद्यार्थी विद्यालय जान बञ्चित भएका छन्।  यो पुलबाट आवतजावतमा जोखिम भएपछि दैलेख र अछाम जिल्लाको प्रशासनबाट बन्द गरिएको हो। आइतबार खाद्यान्न बोकेर जाँदै गरेका १३  खच्चड पुलको लठ्ठा चुँडिदा पुलमा फसेका थिए। तीमध्ये २ वटा खच्चड परेका छन्,'उनले भनिन्,'खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको व्यवस्था सरकारले तुरून्तै गरोस् भन्न चाहन्छु।'

अन्य पुलको व्यवस्था नभएकाले स्थानीयलाई बाध्य भएर सोही पुलबाट आवतजावत गर्नुपर्ने वाध्यता रहेको भन्दै तत्काल प्राविधिक टोली पठाइ निरीक्षण गर्न माग गरिन्। उनले भनिन्, 'दुई जिल्ला आवतजावत गर्न अन्य पुलको व्यवस्था नभएका कारणले स्थानीयलाई बाध्य भएर सोही पुलबाट आवातजाउत गर्नुपर्ने वाध्यता छ। तत्काल मर्मत सम्भार नभएमा थप मानवीय जोखिम बढ्ने सम्भावना छ। अन्य पुल पनि जोखिममा रहेकाले उनीहरूको पनि स्थलगत निरीक्षण गरियोस्।'

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा,भाटगाउँ, भानाकोट,तामकोट,राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकमका स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा  समस्या भएको छ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.