बागलुङका २१ रुटको भाडा समायोजन

बागलुङका २१ रुटको भाडा समायोजन

बागलुङ : बागलुङमा २१ वटा रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको यातायात भाडादर निर्धारण समितिले यसअघि लिँदै आएको भाडादरमा न्यून शुल्क घटाएर भाडादर कायम गरेको हो।

समितिको बैठकले मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिबाङ हुँदै निसीखोलाको जुग्जाखोला र बोङ्गादोभानसम्म र दक्षिणतर्फ कुश्मीसेरा र हुग्दीशिरसम्मको भाडा समायोजन गरेको हो। 

समितिले बनाएको कार्यदलले ल्याएको प्रस्तावमा बसको मात्रै भाडा घटाएर प्रस्तुत गरेको थियो। समितिमा उक्त कुरा खुलेपछि व्यवसायीले न्युनतम भाडा घटाउन सहमत भएका हुन्। नयाँ निर्धारण भएको भाडा अनुसार सदरमुकामदेखि गलकोटहुँदै बुर्तिवाङसम्मको ९१ किमी, बुर्तिवाङदेखि १० किमीको बोङगादोभान र बागलुङदेखि ९९ किमीको जुग्जाखोलाका लागि रुट कायम भएको छ।

त्यस्तै सदरमुकामदेखि २१ किमी दक्षिणको जैमिनी १ को कुश्मीसेरा र कुश्मीसेराहुँदै राङखानी र बरेङ गाउँपालिकाको हुग्दीशिर सम्मको ५३ किमी तथा बागलुङदेखि सिगानाहुँदै हुग्दीशिरको ४१ किमी सडक मात्रै परमिटमा परेको छ। त्यसबाहेक बागलुङदेखि ताराखोला गाउँपालिका केन्द्र रहेको भातखाने डाँडा सम्मको ४२ किमी र गलकोटदेखि ताराखोला १८ किमीको मात्रै रुट परमिट कायम भएको हो।

व्यवसायीले यात्रीलाई मनोमानी भाडा लिएका थिए। २१ स्थानको भाडादर समायोजन भएकोमा केही स्थानको यथाबत छभने केही स्थानमा न्युनतम रकम घटेको हो। समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार सदरमुकाम बागलुङ बजारदेखि ९१ किमीको बुर्तिवाङका लागि जिपमा  ९ सय ७० रुपैयाँ र बसमा ७ सय ८० रुपैयाँ भाडा तोकिएको छ। यसअघि बसले ८ सय ४० र जिपले ९ सय ८० लेखेपनि १ हजार १ सय भाडा असुल गर्थे।

त्यस्तै २१ किमीको कुश्मीसेराका लागि बसको २ सय २० र जिपको २ सय ६० बनाइएको छ। तर अहिलेसम्म यहाँको लागि जिपले ४ सय रुपैयाँ असुल्थे। मध्यपहाडी लोकमार्गकै खण्ड रहेको अक्षेतेका लागि १ सय भाडा तोकिएको छ। यहाँ ७ किमी दुरी छ। यसअघि जिपले यहाँ पुगेको १ सय ५० रुपैयाँसम्म असुल्थे। त्यसबाहेक जिपमा सुल्डाँडा गएको १ सय ३०, घोडाबाँधे गएको ३ सय ५०, नरेठाँटी गएको ५ सय १०, हटिया गएको ५ सय ६०, गलकोटदेखि ताराखोला गएको ३ सय ५०, बागलुङदेखि हरिचौर गएको ६ सय ७०, खरवाङ पुगेको ८ सय तोकिएको छ। सदरमुकामदेखि रत्नेचौरको ९०, बेनीको १ सय ३५ भाडा तोकिएको छ। सदरमुकामदेखि सिधै अर्गल गएको भने ६ सय ३५ रुपैयाँ भाडा कायम गरिएको छ।

भाडा नतोकिएका दर्जनौं स्थानमा भने रुट परमिट नभएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले परमिट भएको स्थानको मात्रै समितिमार्फत भाडादर कायम हुने व्यवस्था गरेको छ। दररेट कायम भएपछि बढी असुल गरेको वा टिकट नदिएको अवस्थामा उजुरी गर्न सबैलाई आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.