सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

दाङ : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताएका छन्। नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक दलका नेताहरुसँग जोडिएका सबै घट्नाहरुको सत्यतथ्य छानविन गर्नुपर्ने भन्दै दोषी देखिए कानुन अनुसार दण्डीत हुनुपर्ने बताए। 

कुनै पनि पार्टीका नेता वा परिवारका नातेदार जोडिएकै कारण घट्नालाई प्रभाववित पार्न नहुने भन्दै नेता विश्वकर्माले कांग्रेस, एमाले, माओवादी,स्वतन्त्र पार्टीलगायतका नेताहरु जोडिएका सहकारी प्रकरण, टिकापुर जग्गा प्रकरण, ललिता निवास, भुटानी शरणार्थी ,सुकुम्वासी जग्गा प्रकरणदेखि गिरीबन्धु जग्गा प्रकरणसम्म सबै घट्नाहरुको सत्यतथ्य छानविन गर्न आवश्यक रहेको बताए। 

भ्रष्ट्राचार,अनियमितालगायतका बेतिथिको विरोधसँगै सुशासनका लागि नेपाली कांग्रेसले संसददेखि सडकसम्म निरन्तर कुरा उठाउँदै आएको भन्दै नेता विश्वकर्माले कांग्रेस भएकै कारण कसैले उन्मुक्ति नपाउने बताए। 

भुटानी शरणार्थी प्रकरणलगायतका घट्नाहरुमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडलगायतका नेताहरु विगतमा मुच्छिएको भन्दै उनले कसैको बचाउनमा कांग्रेस नलाग्ने बताए । नेता र नेतृत्वसँग जोडिएका विषयमा सत्यतथ्य छानविन गरेर जनतालाई प्रष्ट पार्नुपर्ने भन्दै त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार रहेको बताए। सहकारी प्रकरणमा कांग्रेसले कुरा उठाएकै कारण अहिले छानविनको प्रक्रिया अघि बढेको भन्दै उनले संसदका महासचिवको विषयमा पनि छानविन प्रक्रिया अघि बढाउनुपर्ने बताए। राज्यको निती निर्माण गर्ने स्थानमै बस्ने मानिसको नागरिकतामा खोट देखिनुले राम्रो संकेत नगर्ने भन्दै नेता विश्वकर्माले सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए ।  

त्यसैगरी नेता विश्वकर्माले नेपाली कांग्रेस सरकार बनाउने र ढलाउने पक्षमा नलागेको बताए। नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले  कांग्रेस इमान्दारिताका साथ सशक्त प्रतिपक्षको भूमिका बस्ने बताए।  

सरकारले राम्रो काम गर्दै जनताको मन जित्न सके वर्तमान सरकार अघि बढ्ने सम्भावना रहेको भन्दै नेता विश्वकर्माले भने,‘कांग्रेस वर्तमान गठबन्धनको सरकारलाई ढालेर सरकार बनाउने पक्षमा छैन। यही सरकार निरन्तर जाओस् भन्ने पक्षमा छ।’ जनचाहना अनुसार सरकार अघि बढ्न नसके नयाँ सरकार बन्ने सम्भावना कायमै रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.