काभ्रेको तिनखुट्टेमा दम्पत्ति हत्या गर्ने सार्वजनिक, ऋण तिर्न दवाव परेपछि लुटपाट गर्न हत्या गरेको खुलासा


काभ्रे : काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका -४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्तिहत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो । 

एकेन्द्रले जेठ ७ गते राति मानबहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र फलामको घन लगायतका औजार प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि सुनका गरगहनाहरू,मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरू तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको खड्काले बताए । 

पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दवाव परेपछि लुटपाट गर्न हत्या गरेको खुल्न आएको उनले बताए। 

त्यस्तै प्रहरीले काभ्रे तेमाल गाँउपालिका वडा नं. ०२ को काफलडाँडास्थित चुखाबाट तिनपिपल जाने कच्ची सडक खण्डमा  ५७ वर्षीया साहिली तामाङको विभत्स तवरले हत्या गर्ने सोही ठाँउका ५७ वर्षीय मानध्वज तामाङलाई समेत सार्वजनिक गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.