बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
बैतडी : बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो।
मंगलबार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधबार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो। प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ।