जसपा नेपाल अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, पदाधिकारीमा को-को भिड्दैछन्?

जसपा नेपाल अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, पदाधिकारीमा को-को भिड्दैछन्?

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः  निर्विरोध अध्यक्ष बनेका हुन्।

जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

१८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएर पटक-पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादवले नै नेतृत्व गरिरहेका छन्। स्थापनाकालमा उपेन्द्र यादवको पार्टी एक गैरसरकारी संस्थाको रूपमा थियो।

अन्य पदमा को-को भिड्दै?
त्यस्तै पार्टीको सह–अध्यक्षका लागि ३ जनाले  उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भने खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिएका छन्। 

जसपाको विधान अनुसार एक जना अध्यक्ष, एक जना सह-अध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तैगरी २ जना महासचिव र उप-महासचिव तीन जना र त्यसमध्ये एक जना महिला हुनुपर्ने पार्टीको विधानमा व्यवस्था छ।

त्यस्तै सचिव ७ जना हुनेमा दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एक जना रहने व्यवस्था छ।

२० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्ने छ। आजै अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानको समय तोकिएको जसपा नेपालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.