काभ्रेमा दाम्पती हत्याका अभियुक्त पक्राउ

काभ्रेमा दाम्पती हत्याका अभियुक्त पक्राउ

काभ्रे : छुट्टाछुट्टै हत्याको घटनामा संलग्न दुई जना अभियुक्तलाई बुधबार सार्वजनिक गरिएको छ। काभ्रे प्रहरीले केही हप्ताअघि तेमाल र महाभारत गाउँपालिकामा भएका रहस्यमय दुई घटनाको अनुसन्धान गर्दै हत्यामा संग्लनलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

महाभारत गाउँपालिका-४ तिनखुट्टेमा यही जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्की र जेठ २४ गते तेमाल गाँउपालिका-२ को काफलडाँडास्थित चुखाबाट तिनपिप्ले जाने कच्ची सडक खण्डको छेउमा बस्दै आएकी ५७ वर्षीया साहिली तामाङको हत्या अभियोगमा सोही स्थानका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरी अनुसार एकेन्द्रले जेठ ७ गते राति मानबहादुर बल र निजको श्रीमती केकै माया तामाङनीलाई फलामको रड र फलामको घन प्रयोग गरी हत्या गरेका थिए। हत्यालगत्तै उनले मोबाइल, मृतक केकै माया र मानबहादुरले लगाएका सुनका गरगहना, मृतकको पसलमा रहेको रिचार्ज कार्डहरू र नगदसमेत लुटेर लगेका थिए। प्रहरीका अनुसार एकेन्द्र सडक निर्माणमा मजदुरी गर्न महाभारतको वडा नं. ४ पुगेका थिए।

त्यस्तै जेठ २४ गते साहिली तामाङलाई फलामको रडले शरीरको विभिन्न भागमा हानेर विभत्स हत्या गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.