‘नीति’ हराएको राजनीति

इजलास

‘नीति’ हराएको राजनीति

मुलुकमा राजनीतिक दल र नेताहरू धेरै छन्। तर, पनि कुशल नेतृत्वको अभाव खड्किएको छ। सबै नेपालीलाई डो¥याएर लैजाने क्षमतावान राजनेताको आवश्यकता देखिएको छ। मुलुकको राजनीतिक डिस्कोर्स अहिले गलत बाटोमा गइरहेको छ। 

सबै नीतिहरूको मूल नीति नै राजनीति हो। बिडम्बना, अहिले राजनीतिमा नीति गायब भएको छ। राजनीति नै गलत बाटोतर्फ उन्मुख भइरहेको छ। राजनीति नेतृत्वप्रतिको जनविश्वास हराएको छ। कुन पार्टीको नेता कतिबेला के गर्छन् ? त्यसको कुनै निश्चितता छैन। 

शीर्ष नेतृत्वले बोलेको पार्टीका अन्य प्रभावशाली नेताहरूलाई नै विश्वास हुन छोडिसकेको छ। जब नेतृत्व कमजोर हुन्छ वा नेतृत्वमाथि अविश्वास बढ्छ अराजक तत्वहरू सलबलाउँछन्। कुण्ठा निकाल्न खोज्छन्। 

अहिले मुलुकको राजनीतिमा अविश्वास र अनिश्चितताको वातावरण सिर्जना भएको छ। लोकतन्त्रको नाममा भीडतन्त्र देखा पर्दै छ। राज्यको प्रणालीले जब काम गर्न छोड्छ, तब अराजकता उत्पन्न हुन्छ। 

फलस्वरूप हाम्रो समाज अराजकतातर्फ बढ्दै गएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। जिद्दी, बलजफ्तको प्रवृत्ति हावी हुँदै गएको छ। सामाजिक सञ्जालमा जे मन लाग्यो त्यहीँ लेख्ने वा पोस्ट गर्ने क्रम चुलिँदै गएको छ। 

विगतमा राजनीतिक दलले आफ्नो अनुकूलताका लागि भ्रातृ संगठनहरूलाई उपयोग गर्थे। शीर्ष नेताहरूले विभिन्न झेल गर्ने र स्वार्थ पूरा नहुँदा भ्रातृ संगठनलाई उक्साउने, उचाल्ने काम गरेका थिए। 

त्यसको विभिन्न रूप अहिले पनि सडकमा प्रदर्शित हुने गरेको छ। हुलहुज्जत गर्ने प्रवृत्ति बढेको छ। जे कुराको छिनोफानो पनि सडकमा हुने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ। समाज अहिले एकप्रकारको भ्रष्टीकरणतर्फ उन्मुख भएको छ। 
(यादव, जनता समाजवादी पार्टीका नेता हुन्) 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.