सन्दीपको आगमनले टिममा उत्साह थपिएको छ : देसाई

नेपाल अंक बाँड्न बाध्य

सन्दीपको आगमनले टिममा उत्साह थपिएको छ : देसाई

फ्लोरिडा (अमेरिका) : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल अंक बाँड्न बाध्य भएको छ।

प्रतियोगिताअन्तर्गत श्रीलंकासँगको खेल लगातार वर्षाका कारण रद्द भएपछि नेपाल अंक बाँड्न बाध्य भएको हो। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा बिहानदेखि नै लगातार वर्षा भएपछि बिनाटस खेल रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक/एक अंक बाँडेका छन्। लगातार वर्षाका कारण खेल नहुने भएपछि नेपाली टोलीको समर्थन गर्न ठूलो संख्यामा ब्रोआर्ड काउन्टी रंगशाला पुगेका नेपाली समर्थक निराश बनेका थिए। खेल रद्द भएपछि नेपाली खेलाडीले रंगशालाको चारैतिर घुमेर समर्थकलाई धन्यवाद दिएका थिए। 

आईसीसी टीट्वेन्टी विश्वकपमा वर्षाका कारण खेल रोकिएको यो दोस्रो पटक हो। यसअघि समूह ‘बी’को स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल रद्द भएको थियो। अहिलेसम्म भएका २४ मध्ये २२ खेलको नतिजा आएको छ। 

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। अमेरिकाकै डालासस्थित ग्रान्ड पेरी रंगशालामा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले भने यसअघि दुई खेलमा पराजय बेहोरिसकेको छ। पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग दुई विकेटले स्तब्ध बनेको थियो। यससँगै सुपर आठमा पुग्ने श्रीलंकाको लक्ष्यमा नराम्रो धक्का लागेको छ।

नेपालले अब बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ। शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग नेपालले खेल्नेछ। समूह ‘डी’बाट शीर्ष दुईमा रहँदै सुपर आठमा पुग्न नेपालले बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ। दक्षिण अफ्रिका सुरुवाती तीन वटै खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ।

बंगलादेश र नेदरल्यान्ड्सको भने समान दुई अंक छ। रनरेटका आधारमा बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्। नेपाल दुई खेलमा एक अंकका साथ चौथो स्थानमा रहँदा तीन खेलमा एक अंक जोडेको श्रीलंका पुछारमा छ।

सन्दीपको आगमनले टिममा उत्साह थपिएको छ : देसाई
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेको आगमनले नेपाली टोलीमा उल्साह थपिएको बताएका छन्। बुधबार श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले सन्दीप टोलीमा भएपछि बलिङ आक्रमण बलियो हुने विश्वास व्यक्त गरे। ‘सन्दीप हाम्रा महत्त्वपूर्ण खेलाडी हुन्। उनले ठूला प्रतियोगितामा आफूलाई प्रमाणित गर्दै आएका छन्।

सन्दीप टोलीमा फर्किनु भनेको हामी बलियो हुनु हो’, प्रशिक्षक देसाईले भने, ‘वेस्ट इन्डिजको पिच स्पिनरलाई सहयोग पुग्ने खालको छ। यस्तोमा सन्दीपले महत्वपूर्ण भूमिका निभाउन सक्नेछन्।’ भिसा नपाएका कारण अमेरिका आउन नपाएका सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। उनले वेस्ट इन्डिजमा समूह चरणका बाँकी दुई खेल खेल्नेछन्। 

मुख्य प्रशिक्षक देसाईले श्रीलंकासँग खेलेर नै अंक जोड्न चाहे पनि वर्षाका कारण सम्भव हुन नसकेको बताए। ‘हामी खेलेर नै अंक जोड्न चाहन्थ्यौं। लगातारको वर्षा र मैदानका कारण सम्भव हुन सकेन’, देसाईले भने। उनले नेपाली समर्थकलाई पनि धन्यवाद दिए।

‘खेल हुने कि नहुने भन्ने आशंका थियो। यस्तो अवस्थामा पनि रंगशालामा उपस्थित भएर नेपाली टोलीको हौसला बढाउन आउनु भएका दर्शकलाई धेरै धेरै धन्यवाद छ’, उनले भने, ‘हामी तपाईंहरूप्रति ऋणी छौं। समर्थकले हामीलाई विश्वको जुनसुकै कुनामा पनि साथ दिनुभएको छ। तपाईंहरूको साथका लागि धेरै धेरै धन्यवाद।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.