लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–१५ बाट अलगअलग समयमा प्रहरीले लागूऔषध ब्राउन सुगर खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–१५ को १ नम्बर ढाटबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २१ वर्षीय मदन चौधरी र भोजपुरको अरुण गाउँपालिका–१ का २० वर्षीय विनोद शिवालाई पक्राउ गरेको छ। भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर फर्कदै गरेका चौधरी र शिवालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथबाट ४१.३३ ग्राम ब्राउन सुगर बरामद भएको थियो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ। 

त्यस्तै, प्रहरीले १ नम्बर ढाटबाटै सुनसरीको दुहवी नगरपालिका–४ का २० वर्षीय पारश चौधरी र झापाको गौरादह नगरपालिका–२ का ३५ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरेको छ। जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका चौधरी र खड्कालाई प्रहरीले बुधबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो। 

उनीहरुको साथबाट २.५३ ग्राम ब्राउन सुगर बरामद भएको थियो। चौधरी र खड्कालाई रानी प्रहरीको हिरासतमा राखिएको छ। ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.