'युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन सकिन्छ'

'युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन सकिन्छ'

नयाँदिल्ली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले दुई देशको एउटै संस्कृति भएकाले युग सुहाउँदो सम्बन्ध बनाउनुपर्नेमा जोड दिएका हुन्।

'नेपाल-भारत देश दुई भए पनि हामीबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ,'नेता महरले भने,'नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्छ।'

कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल-भारतबीच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए। 

उनले भने,' हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल-भारतबीच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ।'
पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।

नेपालको समृद्धि बीना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महरको भनाइ छ। 'समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबीच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्‍याउनुपर्छ। यसो भएमा दुई देशबीचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,' उनले भने।

बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप,विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गरे। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका छन्। त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।

त्यसैले जनसम्पर्क समितिबाट पार्टीमा र संसद्‍मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको उनको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.