विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न सकेको छैन : योगेश भट्टराई


काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्राकृतिक विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारको जुन तहको तयारी हुनुपर्ने थियो त्यो नभएको उल्लेख गरेका हुन्।

 उनले कोशी प्रदेशबाट मनसुन भित्रिएको खुसीको कुरा भएपनि मनसुनले विपद् पनि ल्याइरहेकाले चनाखो हुन सरकारलाई आग्रह गरे।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएपनि बजेट कम दिइएको बताए। 

‘प्राधिकरण बजेट पनि कम छ। दक्ष जनशक्ति पनि छैनन्।हामीसँग आधुनिक साधन छैनन्, जसले समयमै उद्धार हामीले गर्न सकेका छैनौं, सरकारले गर्न सकेको छैन,राज्यले यथोचित इफोर्ट लगाउन सकेको छैन।’ सांसद भट्टराईले भने,‘सीमिति स्रोत र साधनका बीच नेपाली सेना,सशस्त्र प्रहरी, प्रहरीले जोखिम रुपमा उद्धार गरिरहनुभएको छ।’

उनले प्राधिकरणमार्फत बजेट खर्च गर्ने र साधन स्रोत बढाउनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.