संसदमा स्वास्थ्यमन्त्री यादवको खोजि भएपछि...

संसदमा स्वास्थ्यमन्त्री यादवको खोजि भएपछि...

काठमाडौं : प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्रीको खोजि भएको छ। विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौती शीर्षकको छलफलमा भाग लिँदै सांसद अमरेश कुमार सिंहले बैठकमा स्वास्थ्य मन्त्री प्रदीप यादव नदेखेपछि सभामुखमार्फत् खोजि गरेका हुन्।

सांसद सिंहले स्वास्थ्य मन्त्री खोजेपछि सभामुख देवराज घिमिरेले मन्त्री बैठक वरपर नै हुनुहुन्छ, दिशा पिसाबका लागि बाहिर जानु भएको छ, एकछिन धैर्य गर्न भने।  बोल्दै गरेका सिंह एकैछिन रोकिए। बैठकमा स्वास्थ्य मन्त्री आएपछि सभामुख घिमिरेले आफ्नो भनाइ अघि बढाउन आग्रह गरे।

बैठकमा बोल्दै सिंहले मधेशको स्वास्थ्य क्षेत्रका विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराए। उनले सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशलाई हरेक वर्ष बजेटबाट उपेक्षति किन गरिन्छ ? भन्दै प्रश्न समेत गरे। सिंहले भने, 'हरेक प्रदेशमा मेडिकल कलेज बन्ने। मधेश प्रदेशमा सरकारको मेडिकल कलेज कहिले बन्छ?'

सांसद सिंहले मधेशका जनताको स्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

 

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.