सम्पर्कविहीन बनेका नाबालकको शव नहरमा भेटियो
![सम्पर्कविहीन बनेका नाबालकको शव नहरमा भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
विराटनगर : घरबाटै सम्पर्कविहीन बनेका एक जना नाबालकको शव मोरङको बेलबारी नगरपालिका–६ स्थित नहरमा भेटिएको छ । प्रहरीका अनुसार बेलबारी–६ का विनोद वनका ६ वर्षीय छोरा विवश वनको शव बिहीबार बिहान ९ बजेतिर भेटिएको हो । विवश बुधबार साँझदेखि सम्पर्कविहीन बनेका थिए ।
खोजी गर्दा पनि फेला नपरेपछि अभिभावकले प्रहरीलाई घटनाको जानकारी गराएका थिए । प्रहरीसहितको टोलीले खोजतलास गर्ने क्रममा घरनजिक रहेको नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)