सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : मान्छे मारेर देश बन्दैन, नीतिले बन्ने हो

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : मान्छे मारेर देश बन्दैन, नीतिले बन्ने हो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले क्रान्तिले नभइ नीतिले मुलुक बन्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति र कानुनले देश बन्ने स्पष्ट पारेका हुन्।

'मुलुक कुन क्रान्तिले बन्छ ? सडकमा बम पड्काएर मुलुक बन्ने हो र ? दुईचारजना मारेर मुलुक बन्ने हो र ? यदि मारेर देश बन्दो हो त १७ हजार मानिस मरेका छन्,आज देश किन बनेन् ?,'उनले प्रश्न गर्दै भने, 'देश नीति र कानुनले बन्ने हो। देश मन्त्रीको अर्जुन दृष्टिले बन्ने हो।'

राप्रपाका प्रवक्ता समेत रहेका शाहीले सत्तापक्षले सरकारले जे गरेपनि समर्थन गर्ने र विपक्षीले सधैं विरोध गर्ने प्रवृत्ति रहेको औंल्याए। उनले भने, 'उ त्यो परको धारमा बस्ने साथीहरूले सरकारले जतिसुकै राम्रो काम गरे पनि गलतै भन्ने प्रवृत्ति। अनि उ त्यहाँ बस्ने माननीय साथीहरू सरकारले देशै बेचेपनि सरकारले ठिक गर्यो भन्ने प्रवृत्ति छ। यो प्रवृत्तिको जबसम्म अन्त्य हु्न सक्दैन। तबसम्म यो संसद संसदजस्तो होइन कि कुनै पार्टीको भातृसंगठन जस्तो हुन्छ।'

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले खेतीयोग्य जमिन रहेको स्थानमा शहरीकरण,खानी भएको स्थानमा बस्ती रहेको भन्दै भूमिसम्बन्धी मन्त्रालयले कुनै पहल गर्न नसकेको बताए।

उनले भूमिको बर्गीकरण र अव्यवस्थीति बसोबास नियन्त्रण गर्न सरकार असफल भएको धारणा राखे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.