लुम्बिनीमा के गरेर फर्किए चिनियाँ मन्त्री?

लुम्बिनीमा के गरेर फर्किए चिनियाँ मन्त्री?
लुम्बिनी भ्रमणका क्रममा चिनियाँ मन्त्री चेन रुइफेंङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायत।

लुम्बिनी : चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ बुधबार लुम्बिनीको भ्रमणमा आए। बुद्ध एयरको विमान चार्टर गरेर लुम्बिनी आएका उनी साँझ काठमाडौं फिर्ता भए।

मन्त्री चेनसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला व्युरो प्रमुख हुआंग झिहुई पनि थिए। उनलाई लुम्बिनीमा चाइनिज बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष मास्टर यिन सुनले घुमाए।

दिउँसो विमानस्थलमा स्वागतका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष पुगेका थिए। नेपाल भ्रमणमा रहेका मन्त्री चेनले लुम्बिनीमा चिनियाँ मन्दिर छेउमा बन्न लागेको एक विशाल संरचनाको शिलान्यास गरे। मन्त्रीसँगै माष्टर यिन सुन, राजदूत सोङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना रहिजनसहितले शिलामाथि माटो हालेका थिए।

मन्त्री चेनले धेरैबेर चिनियाँ मन्दिरमा राखिएको फोटो ग्यालरी हेरे। जहाँ नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्तहरूको चीन भ्रमण तथा लुम्बिनीस्थित चिनियाँ भ्रमणका बेला भएका क्रियाकलापका तस्बिर र सानो व्याख्या राखिएको थियो। मन्त्री चेनले विहारमा झण्डै ३० मिनेट बिताए। एउटा हलमा पुगेर ५ मिनेट बसे। लुम्बिनीको चिनियाँ विहार र अन्य कुराका बारेमा आफ्नै राजदूत र यिन सुनसँग कुराकानी गरे।

त्यसलगत्तै संयुक्तरूपमा बोधिवृक्षमा पानी हाले। मन्त्री चेनले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरे। उनले त्यस समयमा त्यहाँ रहेका पुरातात्विक महत्वका विषयमा चासो दिएका थिए।

मन्त्री चेन लुम्बिनी विकास कोषमा उपाध्यक्षको कार्यकक्षमा पुगेका थिए। औपचारिक भ्रमण सूचीमा नरहे पनि उनी केही मिनेटका लागि कोषको कार्यालय पुगेका थिए । त्यसलगत्तै उनको टोली काठमाडौं फर्किएको विकास कोषले जनाएको छ।

त्यसअघि उनलाई भैरहवामा व्यवसायीले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका थिए। सो बेला उनले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने एवं नेपाल चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री चेनले बताएका थिए। मन्त्री चेनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए। 

मन्त्री चेनलाई अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा चीन नेपाल मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले स्वागत गरेका थि । सोही समय सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.