करेन्ट लागेर सासूको मृत्यु, बुहारी घाइते

करेन्ट लागेर सासूको मृत्यु, बुहारी घाइते

विराटनगर : मोरङको जहदा गाउँपालिका–१ झैलाचोकमा करेन्ट लागेर बिहीबार दिउँसो सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन्। 

करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो। 

करेन्ट लागेर रेवतीदेवीकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन्। चन्द्रिको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार घरमा मोटर चलाएर कपडा धुने क्रममा दिउँसो १२:३० बजेतिर विद्युत् सर्ट भइ करेन्ट लागेर सासू रेवतीदेवी र बुहारी चन्द्रिका घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

रेवतीदेवीको उपचारका क्रममा मृत्यु भएको हो भने बुहारीको उपचार जारी छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.