मेड इन नेपाल हुन्डाइ भेनुको बिक्री वितरण सुरु
![मेड इन नेपाल हुन्डाइ भेनुको बिक्री वितरण सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_rGxZQC8xvr_l9ZFNBPGoj.jpg)
काठमाडौं : नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेनु को व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनी सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेनु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाइ मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।
प्रथम चरणमा हुन्डाइ भेनु का दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ Grand I10 NIOS का साथै all को उत्पादन पनि सुरु हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)