काभ्रेको महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा

काभ्रेको महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा

काभ्रे : जिल्लाको महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण सेवा घोषणा भएको छ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले महाभारत पूर्ण विद्युतीकरण भएको घोषणा गरे। 

महाभारत गाउँपालिकाको ७ वडामा ३४ सय ३० घरधुरीमा पूर्ण विद्युतीकरण भएको हो।  बिहीबारबाट महाभारतका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत् उपलब्ध गराइए पछि पूर्ण विद्युतीकरण भएको हो। 

मन्त्री बस्नेतले विकासको मुल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको बताए। हामीले ‘यहाँको नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नका निम्ति प्राथमिकताका साथ अगाडि बढाउँछौँ’, उनले भने, ‘विद्युतीकरणको कामलाई प्राथमिकतामा राखेर सम्पन्न गरेको जसरी अन्य आवश्यक कामहरूलाई पनि त्यही रुपमा अगाडी बढाउँछौँ।’ 

आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्न अब राज्यले ध्यान दिन आवश्यक रहेको बस्नेतले जोड दिए। 

मन्त्री बस्नेतले काभ्रे र सिन्धुलीको सिमानामा रहेको कोखाजोर खोलामा जलसाययुक्त आयोजनालाई अघि बढाउनका लागि सरकारले काम अघि बढाएको बताए। 

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाल विद्युत प्राधिकरणले विगत पाँच वर्षदेखि महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका बस्तीहरुमा तीन हजार ४३० घरधुरीमा विद्युत मिटर वितरण गरी लाइन प्रसारणको काम सम्पन्न भएको बताए। 

महाभारत गाउँपालिकामा विद्युतीकरणको लागि पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो। पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो। महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पूर्ण विद्युतीकरणमा खर्च भएको पालिकाले जनाएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.