सबैला पूर्ण खोपयुक्त पालिका घोषणा

सबैला पूर्ण खोपयुक्त पालिका घोषणा

ढल्केवर(धनुषा) : धनुषाको सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ। बुधबार सबैलाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक समारोहकाबीच सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो। यससँगै धनुषामा पूर्ण खोपयुक्त पालिकाको संख्या १६ पुगेको छ। 

सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको उल्लेख गरे। उनले यो घोषणा सधैँ कायम राख्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान अपरिहार्य रहेको औल्याए।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले सबैको साथ सहयोगका कारण मात्रै यो पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सफल भएको बताए। खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने खोपहरू सबै बालबालिकाले पूर्णरुपमा पाएसँग यो घोषणा गरिएको नगरप्रमुख यादवले बताए।

स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन राजदेव यादवले जिल्लाका धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका बाहेक सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको बताए। बाँकी दुई पालिका पूर्ण खोपयुक्त घोषणा गर्न तयारी पूरा भइसकेको बताउँदै मिति तोक्न मात्र बाँकी रहेको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.