झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला
![झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/death-jhapa_KYvjg2Q0RA_6aI667bxkj.jpg)
झापा : झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका-३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
चिकित्सक र प्रहरी टोली घटनास्थल गइरहेको जनाइएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)